यस्तो छ एलपिएल खेल्ने सन्दीपआवद्ध डम्बुला जायन्ट्सको टोली

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले श्रीलंका हुने लंका प्रिमियर लिग (एलपिएल) मा डम्बुला जायन्ट्समा अनुबन्ध भएका छन् ।

क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिताका लागि मंगलबार राति सम्पन्न अक्सनबाट सन्दीपलाई डम्बुलाले ४० हजार अमेरिकी डलर अर्थात साढे ५० लाख रुपैयाँमा अनुबन्ध गरेको हो । 
उनी इन्टरनेसन डाइमण्ड समूहबाट अनुबन्ध भएका हुन् । अक्सनमा रहेका ३५३ खेलाडीमध्ये १८० विदेशी र १७३ श्रीलंकन खेलाडी थिए । 

डम्बुलाले ६ विदेशी खेलाडीको रूपमा सन्दीपसँगै अस्ट्रेलियाका ओपनर डार्सी शर्ट र बेन कटिङ, न्यूजिल्याण्डका विकेटकिपर टिम साइफर्ट, पाकिस्तानका ब्याटर हैदर अली तथा वेस्ट इण्डिजका तीव्र गतिका बलर शेल्डन कट्ररेललाई अनुबन्ध गरेको छ । 

त्यस्तै, डम्बुलालाई श्रीलंकाका कप्तान दसुन शानका, भानुका राजापाक्षे, रमेश मेन्डिस र नुवान प्रदीप जस्ता श्रीलंकाको राष्ट्रिय टोलीबाट खेलेका खेलाडीको पनि साथ रहनेछ । तेस्रो संस्करणको एलपिएल २०२२ जुलाई ३१ जुलाईदेखि २१ अगस्टसम्म हुनेछ । 

प्रतियोगितामा डम्बुलासहित क्यान्डि फाल्कोन्स, जफ्ना किंग्स, कोलम्बो किंग्स र गले ग्याडियटर्सको सहभागिता रहनेछ ।  

डम्बुलाको पूर्ण टोली : दासुन शनाका (कप्तान), सन्दीप लामिछाने, डार्सी शर्ट, बेन कटिङ, भानुका राजापाक्षे, टिम सिफर्ट, हैदर अली, चथुरंगा डि सिल्भा, रमेश मेण्डिस, नुवान प्रदीप, शेल्डन कट्ररेल, प्रमोद मदुशन, लासिथ क्रुसपुल, कलना परेरा, थरिन्दु रथनायके, दिलुम सुदिरा, सचिथा जयथिलेके, दुशन हेमन्थ, साशा डि अल्विस र रविन्दु फर्नाण्डो । 
 





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार ११:३१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया