अर्थसचिव मरासिनी अनिश्चितकालका लागि बिदामा

अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सचिव मरासिनी अनिश्चितकालका लागि बिदामा बसेका हुन् । 

स्रोतका अनुसार बुधबार बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएका थिए ।   

अर्थमन्त्री शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अननधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको र अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा सिसिटिभी फुटेज डिलिट गराइएको आरोप लागेको छ । 





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार ११:४३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया