न्युजिल्याण्ड पठाइदिने भन्दै ९ जनाको ६३ लाख ठग्ने महिला पक्राउ

न्युजिल्याण्ड पठाइदिने भन्दै ९ जनाको झण्डै ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले न्युजिल्याण्ड पठाइदिने भन्दै ९ जनाबाट ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा नुवाकोटकी २७ वर्षीया शोभा पौडेललाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी दिनेशकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार नुवाकोटको विदुर नगरपालिका ७ घर भई काठमाडौंको बुढानीलकण्ठ - ३ घुम्तीमा बस्ने पौडेलले सिन्धुलीको दुधौली नगरपालिका १ का नारायण बोगटीसहित ९ जनालाई ठगी सम्पर्कविहीन भएकी थिइन्।

न्युजिल्याण्ड जान १२ लाख ५० हजार रुपैयाँ लाग्ने, त्यहाँ कृषि कम्पनीमा फलफूल टिप्ने काम लगाइदिने र मासिक तलब एक लाख ७० हजार रुपैयाँसम्म हुने भन्दै उनले ६३ लाख रुपैयाँ रकम लिएको काठमाडौँ एसपी आचार्यले बताए।

रकम लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराइदिन गरेको पत्राचारका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
 





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १३:५४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया