डि मारिया युभेन्ट्समा अनुबन्ध हुने पक्का

अर्जेन्टिनी मिडफिल्डर एन्जल डि मारिया इटालियन क्लब युभेन्ट्समा अनुबन्धित हुने पक्का भएको छ ।

विभिन्न सञ्चारमाध्यमले युभेन्ट्स र डि मारियाबीच एक बर्से सम्झौताका लागि सहमति भइसकेको र क्लबले केही दिनमा यसको आधिकारिक जनाकारी गराउने बताएका छन् ।  

३४ वर्षीय डि मारियाले सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेका थिए । उनी सन् २०१५ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट फ्रान्स आएका थिए ।

सात सिजन पार्क डेस प्रिन्सेसमा बिताएका उनले क्लब लागि २९४ खेलमा ९१ गोल गर्नुका साथै १११ गोलका लागि अवसर सिर्जना गरे । डि मारियाले पिएसजीका लागि १८ उपाधि जितेका छन् । 
 





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १४:१०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया