स्पेनिस महिला टोलीकी महत्वपूर्ण सदस्य एलेक्जिया पुटेलसले महिला युरो कप गुमाउने भएकी छन् ।
स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) ले मंगलबार प्रशिक्षणको क्रममा मिडफिल्डर पुटेलसको घुँडामा चोट लागेको पुष्टि गर्दै उनी महिला युरोकपबाट बाहिरिएको जनाएको हो ।
स्पेनले शुक्रबार फिनल्याण्डविरुद्ध खेल्दै महिला युरो २०२२ को सुरुवात गर्नेछ । पुटेलसले स्पेनको राष्ट्रिय टोलीबाट एक सय खेलमा २७ गोल गरेकी छन् ।
यस्तै, स्पेनिस क्लब बार्सिलोनाले महिला च्याम्पियन्स लिगको फाइनलसम्मको यात्रा तय गर्दा प्रतियोगिताको ११ गोलका साथ उच्च गोलकर्ता बनेकी उनले गत सिजन स्पेनिस महिला लिगमा १८ गोल गरेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।