अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ ।
अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय समिति बनाउन सत्ता पक्ष र प्रतिपक्ष दलहरूबीच सहमति जुटेको हो ।
बुधबार बसेको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल एमालेबाट ४, कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना सदस्य राख्ने सहमति भएको छ ।
त्यस्तै, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट १/१ जना सदस्य राख्ने सहमति भएको हो ।
प्रमुख सचेतक विशाल भट्टराईका अनुसार समितिमा दलहरूले समिति सदस्य तोकेपछि सभामुखले संसद सभामा प्रस्तुत गर्ने सहमति भएको छ ।
अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई समावेश गराएको भन्दै छानबिनको माग भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।