अर्थमन्त्रीमाथि उठेका प्रश्नको जवाफ माओवादी केन्द्रले दिनुपर्छ : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि उठेको प्रश्नको जवाफ (माओवादी केन्द्र) र अर्थमन्त्री स्वयंले दिनुपर्ने बताएका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि उठेका प्रश्नहरुको जवाफ सम्बन्धित पार्टी नेकपा (माओवादी केन्द्र) र अर्थमन्त्री आफैँले दिनुपर्ने बताएका हुन् । 

उनले अर्थमन्त्रीमाथि उठेको सवालहरूको हेलचेक्रयाइँ गर्नु नहुने बताए । उनले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई समावेश गराएको हो भने गम्भीर घटना भएको र त्यसको छानबिन गरी सत्यतथ्य बाहिर आउनुपर्ने बताए । बाहिर आएका कुरा सत्य हो भने अर्थमन्त्रीको राजीनामा स्वभाविक भएको उनको भनाइ छ । 

'तथ्यहरू अहिले जसरी प्रचार भइराखेको छ, त्यो प्रचार भएको कुरा सही हो भने राजीनामा स्वभाविक कुरा हो । यो एकदमै गम्भीर घटना हो र यो घटनाको सत्य कति हो राम्ररी छानबिन गरेर बाहिर ल्याइनुपर्छ । यस्ता खालका घटना घट्न थाले भने मुलुक मात्र होइन धेरै कुराहरुमा गम्भीर प्रश्न उठ्छ,’ उनले भने ।

उनले अर्थमन्त्री शर्मा माथिको आरोपको विषय गठबन्धनमा छलफल योग्य विषय भएपनि हालसम्म गठबन्धनमा छलफल नभएको बताए ।
 





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १६:१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया