अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिमा को-को छन् ?
फाइल तस्वीर

बजेट निर्माण तथा करको दायरा हेरफेरमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोपमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन हुने भएको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय संसदीय विशेष छानबिन समितिको घोषणा गरेका छन् । 

उक्त समितिमा खगराज अधिकारी, पुष्पा भुसाल गौतम, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक,  लक्ष्मण लाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव छन् । 

सो समितिलाई कार्यावधि १० दिनको समय दिइएको छ । काम प्रारम्भ गरेको दिनदेखि कार्यावधि दिन गणना हुने सभामुख सापकोटाले जानकारी दिए ।

बजेट सार्वजनिक हुने अघिल्लो दिन १४ जेठको मध्यराति अर्थमन्त्री शर्माले अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने आरोपमाथि छानबिन गर्न समितिलाई निर्देशन दिइएको छ । 

छानबिन समितिका सदस्य



१. खगराज अधिकारी 
२. देवप्रसाद गुरुङ 
३. पुष्पा भुसाल गौतम 
४. प्रदिप कुमार ज्ञवाली 
५.भानुभक्त ढकाल 
६. विमला विक 
७. लक्ष्मणलाल कर्ण 
८. शक्ति बहादुर बस्नेत
९. सिताराम महतो 
१०. सरला कुमारी यादव
११. सुरेन्द्र प्रसाद यादव



  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १६:३४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया