जन्मसिद्धका सन्तानलाई नागरिकता दिने विषयमा सहमति जुटेको छ : राजेन्द्र महतो
फाइल तस्वीर

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताएका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्थाअनुसार कानुन बनाएर नागरिकता दिन सरकार तयार भएको बताएका हुन् । 

उनले संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता गरेर नयाँ विधेयक लगी पारित गर्न सरकार सहमत भएको उल्लेख गरे । नयाँ विधेयक संसदमा लगेर पारित गर्न सम्भव भएको उनको भनाइ छ । 

उनले भने, ‘सहमति भएको विषयवस्तु भनेको जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सन्दर्भमा संवैधानिक व्यवस्था अनुसारको कानुन ल्याएर त्यसलाई पास गर्ने भन्ने कुरा भएको छ । त्यसैले पुरानो जसमा विवाद छ, त्यसलाई फिर्ता गर्ने, अर्को विधेयक ल्याएर, सहमतिवाला विधेयक ल्याएर पास गरेर जन्मसिद्ध नागरिकको सन्तानको समस्यालाई समाधान गर्नेतर्फ काम अगाडि बढाउने कुरा भएको छ ।' 

उनले संसदमा छिट्टै नागरिकतासम्बन्धी नयाँ विधेयक ल्याउन गृहमन्त्री बालकृष्ण खाँणले प्रतिवद्धता जनाएको बताए ।
 





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १६:५४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया