राज्य सञ्चालन प्रणालीको कमजोरीले गौरवका आयोजना समयमै बनेन् : राज्यमन्त्री श्रेष्ठ
फाइल तस्वीर

राज्यमन्त्री उमेश श्रेष्ठले राज्य सञ्चालन प्रणालीको कमी, कमजोरीका कारण राष्ट्रिय गौरवका आयोजना समयमै नसकिएको दाबी गरेका छन् ।

बुधबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले राज्यको नीति, नियमको प्रणालीमा भएको कमी कमजोरीले समयमै काम नसकिने गरेको बताए । 

राज्यमन्त्री श्रेष्ठले नीति नियमको कमी कमजोरीका साथै ढिलासुस्ती र ठेकेदारको काममा ढिलाइ हुँदा यो अवस्था सिर्जना भएको बताए । उनले प्रधानमन्त्री कार्यालयमा सिसिटिभी जडान गरेर काम प्रगतिको विवरणका बारेमा नियाल्न आवश्यक रहेको बताए । उनले राष्ट्रिय गौरवका आयोजनाले राष्ट्रको उन्नति, प्रगतिलाई टेवा पुर्‍याउने भन्दै समयमै काम सकिनुपर्ने बताए । 

राज्यमन्त्री श्रेष्ठले समयमै काम सक्ने कुरामा कर्मचारीहरुको सरुवा पनि बाधक बन्ने गरेको उल्लेख गरे । उनले यसलाई सहजीकरण गर्न र नेपाललाई समृद्ध बनाउन सरकार र प्रधानमन्त्री कार्यालय लागिपरेको बताए ।





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १७:२९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया