प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च हुने आयोगको प्रारम्भिक अनुमान

निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न १० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ । 

मौजुदा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको समयावधि आगामी २२ मंसिरमा समाप्त हुने जानकारी दिएको आयोगले यसअघि नै प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्नुपर्ने बताउँदै २ मंसिरको मिति सरकारसमक्ष सिफारिस गरेको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको टोलीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवलाई भेटेर २ मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन एकै चरणमा गर्न मिति सिफारिस गरेको हो । 

उक्त निर्वाचन गर्न १० अर्ब खर्च हुने प्रारम्भिक अनुमान गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

यसअघि २०७४ सालमा भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ७ अर्ब ८० करोड खर्च भएको प्रवक्ता पौडेलले बताए । 
 





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १७:३१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया