गल्ती गरेको छैन, छानबिनलाई सघाउन अर्थमन्त्रीबाट राजीनामा दिएँ : जनार्दन शर्मा [भिडियो]

अर्थमन्त्री जनार्दन शर्माले संसदीय छानबिन समितिलाई मद्दत गर्नको लागि अर्थमन्त्रीको पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन् ।

संसद बैठकमा राजीनामा दिएको घोषणापश्चात् संसद बाहिर पत्रकारसँग कुराकानी गर्दै शर्माले यस्तो बताएका हुन् । उनले आफूले बजेट निर्माण गर्दा कुनै पनि गल्ती नगरेको दोहोर्‍याउँदै प्रश्न उठेको विषयको सत्यतथ्य बाहिर ल्याउन मद्दत गर्ने बताए । 

‘मैले केही गल्ती गरेको छैन । जे विषय उठेको छ । त्यो विषयको सत्यतथ्य बाहिर ल्याउन मद्दत पुगोस् भनेर मैले राजीनामा दिएको छु' उनले भने, छानबिन समितिलाई सजिलो पार्न छानबिनलाई मद्दत गर्न,सत्यतथ्य संसदसमक्ष ल्याउनका लागि मैले राजीनामा दिएको हो । मैले बजेट निर्माण गर्दा कुनैपनि गल्ति गरेको छैन ।'

अर्थमन्त्री शर्माले छानबिन समितिले गरेको छानबिनबाट आउने कुराले आफूले गरेको आत्मविश्वास प्रष्ट हुने बताए । उनले स्थापित मूल्य,मान्यता, विधि, पद्धतिका आधारमा बजेट प्रस्तुत र निर्माण गरेको उल्लेख गरे । 

'स्थापित मूल्य,विधि, पद्धतिका आधारमा बजेट प्रस्तुत र निर्माण भएको छ । जुन किसिमले विषय उठाइएको छ, त्यसले आम जनतामा भ्रम परेको छ । भ्रम निवारण छानबिनबाट हुनेछ’ उनले भने ।

अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनैतिक काम भयो भनेर जनतामा भ्रम सिर्जना गर्ने काम भएकाले छानबिनपछि जनतामा भएको भ्रम हट्ने विश्वास व्यक्त गरे ।



भिडियो



  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १७:४९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया