नेत्रविक्रम चन्दको हिंसाप्रेरित अभिव्यक्ति : न्यायाधीशलाई घरबाटै थुतेर कुट्नुपर्छ [भिडियो]

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले हिंसाप्रेरित अभिव्यक्ति दिएका छन् । 

देश बेच्न पाइँदैन भनेर एमसिसीजस्तो राष्ट्रघाती सम्झौताविरुद्ध लडाइँ लडेर जेल परेका आफ्ना पार्टीका कार्यकर्तालाई १० लाखसम्म धरौटी मागेको भन्दै उनले त्यस्ता न्यायाधीशलाई घरबाटै थुतेर कुटनुपर्ने बताएका हुन् । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश बचाउन लडाइँ लडेका आफ्ना कार्यकर्तालाई रिहाइ गर्न यति धेरै धरौटी माग गर्ने न्यायाधीश को हुन् ? भनी पटक–पटक प्रश्नसमेत गरे । महासचिव विप्लवले उनीहरुले त्यत्रो धरौटी कहाँबाट ल्याएर तिर्ने भन्दै आक्रोशसमेत व्यक्त गरे । 

महासचिव विप्लवले एमसिसी संसदबाट पारित भए पनि त्यसलाई कार्यान्वयन हुन नदिने अडान समेत दोहोर्याए । क्रान्ति गर्न डराएकाहरुले मात्रै आफ्नो पार्टी छाडेको उनको दाबी छ । 

भिडियो





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १७:५०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया