मकवानपुरकी एक महिलामा देखियो हैजा

मकवानपुरकी एक महिलालाई हैजा देखिएको छ । हेटौंडा उपमहानगरपालिकाका वडा नंबर १ की ३३ वर्षीया महिलामा हैजा देखिएको हो ।

स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी एवं जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेका अनुसार दुई हप्ताअघि काठमाडौंस्थित आफ्नो माइती गएकी ३३ वर्षीया महिलामा हैजा देखिएको हो ।

घिमिरेले भने, दुई हप्ताअघि काठमाडौं माइती गएकी महिलामा हैजा देखिएको हो । उनी काठमाडौंमै रहँदा ३ दिनअघि बिरामी भएको र उपचार गर्दा हैजा देखिएको हो ।’ 

महिलाको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था ठीक रहेको उनले बताए । घिमिरेका अनुसार काठमाडौं बसाइका क्रममा महिलामा हैजा देखा परेको हो । 

अहिले उनी काठमाडौंमै उपचाररत रहेकाले हेटौंडावासी डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । 





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १८:१७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया