प्रेस युनियनको अध्यक्षमा उम्मेदवारी दिने अनिता विन्दुको घोषणा

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको चहलपहल बढेको छ । आगामी साउन ६ र ७ गते हेटौँडामा हुने महाधिवेशनका लागि पत्रकारहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन् ।

यसैबीच, गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाल प्रेस युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा युनियनकी पूर्वउपाध्यक्ष अनिता विन्दुले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । नेपाल पत्रकार महासंघकी पूर्वउपाध्यक्ष समेत रहेकी विन्दुले प्रेस स्वतन्त्रता, ट्रेड युनियन अधिकार, पेसागत सुरक्षा र मर्यादित पत्रकारिताका लागि नेपाल प्रेस युनियनको अध्यक्ष पदमा उम्मेदवारी दिने बताइन् ।
 
उम्मेदवारी घोषणा गर्दै विन्दुले भनिन्– ‘लोकतन्त्रको मूल्य मान्यताबाट विचलित हुन नदिन सरोकारवाला निकायलाई सही मार्गमा डोहोर्याउन खबरदारी गर्नसक्ने हैसियतको संस्था प्रेस युनियनलाई अझ सशक्त र सुदृढ बनाउन मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ ।’ 

उनले भनिन्, ‘लोकतन्त्रमा मात्र स्वतन्त्र र स्वच्छ पत्रकारिता सम्भव रहन्छ, नेपाल प्रेस युनियनलाई लोकतन्त्र, प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको सम्मान एवं सुरक्षाका पक्षमा बलियो ढंगले लाग्ने सक्षम संस्था बनाउन युनियनकर्मी सबै साथीहरु एकजुट हुनुपर्छ ।’ 

अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री समेत सहभागी रहेका थिए ।





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १८:४२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया