महाकालीमा तुइनबाट खसेर किशोर बेपत्ता

दार्चुलामा तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन् । जिल्लाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित गोठाल घाटमा तुइनबाट खसेर स्थानीय १७ वर्षीय सचिन बुढाथोकी बुधबार महाकाली नदीमा बेपत्ता हुन् । 

भारतबाट घर फर्कने बेला तुइन तरिरहेको अवस्थामा तुइन बाँधिएको खम्बा चुँडेर उनी नदीमा बेपत्ता भएको ब्यास गाउँपालिका–२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले जानकारी दिए । 

उनका अनुसार  बुढाथोकी धारचुला तहसिलअन्तर्गत गर्वाधार बजारबाट खाने तेल किनेर घर फर्कंदै थिए ।

बेपत्ता भएका किशोरको खोजीका लागि घटनास्थलमा सुरक्षाकर्मी पुगेका छन् ।





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १८:४६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया