सल्यानमा अरिंगालले टोकेर एक बालकको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका–४ बस्ने ललित रानाका ७ वर्षीय छोरा देवदर्शनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो बाख्रा चराउन घर नजिकै खेतबारीमा गएको बेला रानालाई अरिंगालले टोकेको थियो ।
रानाको सुर्खेतको मेहलकुना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बालक रानालाई धेरैवटा अरिंगालले एकैपटक टोकेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।