केबलकार बिग्रँदा २०० भन्दा बढी मानिस चन्द्रागिरि डाँडामै रोकिए

चन्द्रागिरि हिल्सले सञ्चालन गरेको केबलकार बिग्रँदा २०० भन्दा बढी मानिस चन्द्रागिरि डाँडामै रोकिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार केबुलकारमा प्रविधिक समस्या आएपछि मानिस रोकिएका हुन् । 

बुधबार दिउँसो राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना परिवारसहित चन्द्रागिरी पुगेका थिए । उनी पनि केबलकार बिग्रिएपछि एक घण्टासम्म रोकिएका थिए ।

यसअघि तिमिल्सेना परिवारसहित केहीलाई जेनेरेटर चलाएर केबलकार सञ्चालन गरी उद्धार गरिएको थियो । 

चन्द्रागिरि डाँडामा रोकिएका अन्यको जिप, ट्रक र बसमार्फत प्रहरीले उद्धार गर्न सुरु गरेको छ ।





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १९:७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया