देश बेचेर खाने पार्टीलाई भोट हाल्नै नदिने विप्लवको चेतावनी
फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले देश बेचेर खाने पार्टीलाई भोट हाल्नै नदिने चेतावनी दिएका छन् ।

एमसीसीमा राष्ट्रघात गर्ने दललाई आवश्यक परे नेपाली सेनासँग मिलेर भए पनि १० वर्षका लागि प्रतिबन्ध लगाएर भोट हाल्नै नदिने उनको जिकिर थियो । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले देश बेचेर खानेहरूलाई नेपाली जनताले भोट हालेर अधिकार दिन नहुने बताए । 

आफ्ना केही पुराना साथीले राजासँग नेपाली सेनालाई मिलाएर आफूहरुले अरु पार्टीलाई प्रतिबन्ध लगाउने खोजेको भनाई आएको उल्लेख गर्दै महासचिव विप्लवले देश बेचेर खाने दलाललाई किन प्रतिबन्ध नलगाउने भनी प्रश्न गरे । 

'देश बेचेर खाने मान्छेहरूलाई भोट हाल्न दिनुहुँदैन । नेपालमा उनीहरूलाई १० वर्षका लागि प्रतिबन्ध लगाएर भोट हाल्न दिनुहुँदैन । पहिलापहिला फटाहा वकिललाई १० वर्ष लेख्नै नपाउने बनाएजस्तै गरिदिनु पर्छ,' उनले भने । 

महासचिव विप्लवले देश बेच्नेहरूलाई नेपाल प्रहरी र नेपाली सेनाले पनि साथ दिन नहुने बताए । उनले एमसिसी र एसपीपी सम्झौता आफ्नो पार्टीलाई कुनै पनि हालतमा स्वीकार्य नहुने दोहोर्‍याए ।





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार १९:११:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया