दूरसञ्चार प्राधिकरण बोर्डमा दुई सदस्य नियुक्त

सरकारले नेपाल दूरसञ्चार प्राधिकरण बोर्डका दुई रिक्त पदमा सदस्य नियुक्त गरेको छ । मन्त्रिपरिषदले प्रविधितर्फ रवीन्द्र झा र लेखातर्फ गोकर्णप्रसाद सिटौलालाई नियुक्त गरेको हो । 

चैत्र १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो । सो समितिले जेठ ५ गते एक सूचना प्रकाशित गर्दै बोर्डको प्राविधिक तथा लेखाका लागि दुई सदस्यका लागि दरखास्त आह्वान गरेको थियो । 

उक्त पदका लागि २० जनाले आवेदन दिएका थिए । आवदेन दिएका मध्ये समितिले ६ जनाको नाम सिफारिस गरी मन्त्रिपरिषद्मा पठाएको थियो । 

तीमध्येबाट मन्त्रिपरिषद्ले प्रविधितर्फ झा र लेखातर्फ सिटौलालाई नियुक्त गरेको हो । बोर्ड सदस्यमा नियुक्त भएका दुवैजना नेपाल टेलिकमका पूर्वनायव प्रबन्ध निर्देशक हुन् । 





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार २०:१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया