एभरेष्ट कपको तयारी पूरा

यही असार २४ गते विराटनगरमा आयोजना हुन लागिरहेको एभरेष्ट कप बास्केटबल तथा स्विमिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । असार १७ गते आयोजना गर्ने भनिएको बास्केटबल प्रतियोगिता निरन्तरको वर्षाका कारण पछि सारिएको थियो । 

प्रदेश नं १ का विभिन्न विद्यालयबाट यसै वर्ष एसइई परिक्षा दिएर बसेका विद्यार्थीहरुको १२ वटा टिमको सहभागिता रहने बास्केटबल प्रगियोगिता एभरेष्ट कलेजकोे बास्केटबल कोर्टमा आयोजना हुने छ । विराटनगर बास्केटबलको आयोजनामा हुने प्रतियोगिताको मुख्य प्रायोजक एभरेष्ट कलेज रहेको छ । 

प्रदेश १ कै ठूलो पुरस्कार राशि राखिएको बास्केटबल प्रतियोगिता​को विजेता टिमले नगद ५० हजार,  उपविजेताले ३० हजार र तृतीय हुने टिमले २० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । 

प्रदेश १ मा बास्केटबल खेलको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ ठूलो पुरस्कार राशिका साथ यो प्रतियोगिता आयोजना गरिएको र आगामी दिनमा पनि निरन्तरता दिइने कलेजका प्राचार्य टीकाराम पुरीले बताए । 

यस्तै, २४ गते नै एसइई दिएर बसेका विद्यार्थीबीच पौडी प्रतियोगिता आयोजना गरिने भएकोे छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । 

पुरस्कारका अतिरिक्त विजेता खेलाडीले एभरेष्टमै अध्ययन गर्न चाहेमा कलेजले उनीहरुलाई विशेष छात्रवृत्तिसमेत प्रदान गर्ने एभरेष्ट कलेजका सहायक क्याम्पस प्रमुख नारायण कडरियाले बताए । पौडी प्रतियोगिता भने एभरेष्ट कलेजले नै आयोजना गरेको हो । 





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार २०:३१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया