धनगढीमा गर्मीका कारण तालिमरत नौ प्रहरी बेहोस, दुईजना आइसियूमा

धनगढीमा गर्मीका कारण सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालय धनगढीमा रहेका नौजना प्रहरी जवान प्रशिक्षार्थीलाई ‘हिट स्ट्रोक’ भएको छ । अत्यधिक गर्मीका कारण १० किलोमिटर दौडका क्रममा ९ जना बेहोस भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।  

उनीहरु सबैलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । नयाँ भर्ना भएका तालिमे प्रहरी जवानहरू अत्यधिक गर्मीका कारण ‘हिट स्ट्रोक’ भएर भर्ना भएका हुन् ।

धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उपचारका क्रममा गम्भीर राजु चौधरीलाई आइसियूमा राखिएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जोशीले बताए । यस्तै एकजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताइएको छ । 

भाद्रमा नयाँ भर्ना लिइएका ९८ जना प्रहरी जवान सुदूरपश्चिम प्रदेश प्रहरी गणमा प्रशिक्षणको दौरानमा छन् । अन्य सातजना भने सामान्य उपचारपछि फर्किएका छन् । तालिमका क्रममा रहेका उनीहरु भदौमा पासआउट हुने एक प्रहरी अधिकारीले बताए । 

सुदूरपश्चिम प्रदेश दीपायल तालिम केन्द्रमा बढी प्रशिक्षार्थी भएका कारण केहीलाई धनगढी र केहीलाई महेन्द्रनगरमा तालिम प्रदान गरिरहेको उनले बताए । धनगढीमा पानी नपर्दा तापक्रम बढेको छ ।





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार २०:४४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया