शालिग्राम–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार शर्मा र भट्टराईलाई

शालिग्राम–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कारबाट दुई पत्रकार पुरस्कृत भएका छन् । बुधबार विराटनगरमा प्रेस चौतारी नेपाल मोरङले कार्यक्रमका बीच वरिष्ठ पत्रकार यज्ञ शर्मा र लीलाराज भट्टराईलाई पुरस्कृत गरेको हो । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनीहरुलाई नगद २१ हजार पुरस्कारसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरे । 

०७६ मा स्थापना भएको उक्त पुरस्कार कोरोना महामारीका वितरण हुन नसकेकोमा सो वर्षको शर्मा र ०७८ सालको पुरस्कार भट्टराईलाई प्रदान गरिएको प्रेस चौतारी मोरङका अध्यक्ष सुदीप कोइरालाले जानकारी दिए ।

सो अवसरमा बोल्दैै वरिष्ठ उपाध्यक्ष पोखरेलले सञ्चारकर्मीले विकृति विसंगति अन्त्यका लागि सत्य तथ्यका आधारमा पत्रकारले सूचना पस्कनुपर्नेमा जोड दिए । उनले राष्ट्रिय राजनीतिमा रहेको विकृति अन्त्यका लागि पत्रकारले तथ्यमा आधारित सही समाचार सम्पेषण गर्नुपर्ने बताए । 

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेल, चौतारी प्रदेश १ का अध्यक्ष अविजाल विष्ट, पुरस्कार छनोट समितिका सदस्य रामचन्द्र अधिकारी र प्रेस चौतारी मोरङका अध्यक्ष सुदीप कोइरालालगायतले शुभकामना दिए ।





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार २१:७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया