भारत सरकारविरुद्ध ट्विटरले हाल्यो मुद्दा

सामाजिक सञ्जाल ट्विटरले भारतीय सरकारविरुद्ध मुद्दा दायर गरेको छ । भारतीय सरकारले आफ्नो अधिकारको दुरुपयोग गर्दै ट्विटर कम्पनीलाई विभिन्न ट्विट हटाउन लगाएको आरोप छ ।

कम्पनीको काम कारबाही हस्तक्षेप गरेको, अनावश्यक प्रतिबन्ध लगाइएको तथा विभिन्न ट्विटहरू जबरजस्ती हटाउन लगाइएको लगायत विषयलाई उल्लेख गर्दै ट्विटरले भारतीय सरकारविरुद्ध बेगंलुरुको कर्नाटाका उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

यस्तै, केही राजनीतिक दलहरूले पोस्ट गरेका ट्विट पनि जबरजस्ती ब्लक गर्न लगाएको मुद्दामा उल्लेख छ । सरकारले हटाउन लगाएको सामग्रीमा भारतीय सरकारको कुनै पनि नीति तथा नियम उल्लंघन नभएको ट्विटरको दाबी छ । 

भारतीय सरकारले आफ्नो आदेश नमानेको खण्डमा कम्पनीको भारत अवस्थित कार्यालय प्रमुखलाई आपराधिक मुद्दा दायर गरेर कारबाही गर्ने धम्की दिएको पनि मुद्दामा उल्लेख छ ।





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार २१:३८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया