प्रहरी प्रधान कार्यालयको प्रस्ताव : आमनिर्वाचन दुई चरणमा गरौँ

बुधवार निर्वाचन आयोगले आगामी मंसिर २ गते आम निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । यसअघि २ वा ५ मध्ये एक दिनलाई निर्वाचनको मिति घोषणा गर्न प्रस्ताव गर्ने चर्चा भए पनि आयोगले तोकेरै २ गतेलाई प्रस्ताव गरेको छ । 

बुधबार आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई भेटेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति २ गते एकै दिनका लागि प्रस्ताव गरे ।

यता, प्रहरी प्रधान कार्यालयले भने आमनिर्वाचन दुई चरणमा गर्नुपर्ने प्रस्ताव गरेको छ । प्रहरी प्रधान कार्यालयले केही दिनअघि केन्द्रीय सुरक्षा समितिमा सो प्रस्ताव गरेको हो । 

प्रहरी प्रधान कार्यालयले सुरक्षाका कारण दुई चरणमा निर्वाचनको मिति घोषणा गर्न गृहमन्त्री नेतृत्वको केन्द्रीय सुरक्षा समितिलाई सुझाव दिएको थियो । सुरक्षा चुस्त राख्नका लागि दुई चरणमा निर्वाचन गर्नुपर्ने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ ।





  • प्रकाशित मिति : असार २२, २०७९ बुधबार २२:१२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया