ब्याटिङ नचल्दा क्यानडासँग नेपालको फराकिलो हार

घरेलु टोली क्यानडाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाली क्रिकेट टिम ८३ रनले पराजित भएको छ । ​गएराति सम्पन्न खेलमा हार बेहाेरेसँगै नेपालले सिरिज पनि १–० ले गुमाएकाे छ ।

१८९ रनकाे लक्ष्य पछ्याएको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाउँदै १०५ रन मात्र  बनाउन सक्याे । नेपालका कुनै पनि ब्याटरले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । टाेलीका लागि देव खनालले सर्वाधिक २६ रनकाे याेगदान दिए ।

पवन सर्राफले १४, बसिर अहमद, विनाेद भण्डारी र आदिल अन्सारीले १३/१३ तथा कप्तान सन्दीप लामिछानेले ११ रन जाेडे । क्यानडाका लागि अमर खालिद, सलमान नजर, राेमेल शहजाद,साद बिन जफर र हर्ष थाकरले दुई/दुई  विकेट लिए ।

त्यसअघि खेल किङ्ग सिटीस्थित मेपल लिफ मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन बनाएकाे थियाे । 

उसका लागि श्रेयस माेभाले अर्घशतकीय पारी खेले । ५० रनमा अविजित रहेका उनले ५९ बलमा तीन चा‌ैका र दुई छक्का प्रहार गरे । ​आराेन जाेन्सनले ४४ र अमर खालिदले अविजित ३०, उदयवीर सिंहले १६ तथा अखिल कुमारले १२ रन जोडे । 

नेपालका लागि सन्दीप लामिछानेले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा किशाेर महताे, करण केसी, बसिर अहमद र आदिल अन्सारीले एक/ एक विकेट हात पार्‍यो​ । सिरिजकाे पहिलाे खेल लगातारकाे वर्षाका कारण टस समेत हुन नपाई रद्द भएकाे थियाे । 



नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि क्यानडा भ्रमण गरेकाे हाे । यसअघि नेपालले क्यानडाकाे स्थानिय क्लब ओन्टारियाे क्रिकेट एकेडेमीसँग दुई अभ्यास खेल खेलेकाे थियाे । दुवै खेल नेपालले आफ्नो पक्षमा पार्‍यो ।

अब नेपाली टोली लिग-२ अन्तर्गतको सिरिजका लागि स्कटल्याण्ड प्रस्थान गर्नेछ ।  घरेलु टोली र नामिबिया पनि सम्मिलित सिरिज जुलाई १० देखि १७ सम्म हुनेछ ।



  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार ६:३८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया