चितवनमा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । जिल्लाको कालिका नगरपालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरू स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए ।
सोही क्रममा हुरीबतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएका हुन् । घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य नौ जना गएराति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।