काठमाडौंको सानोभर्‍याङ र शंखरापुरमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौंको दुई स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सानोभर्‍याङ र शंखरापुरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । 

सानोभर्‍याङमा आज बिहान २ बजे बा ९५ प ९७२३ नम्बरको स्कुटर अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएर पल्टिदा स्कुटरको पछाडि सवार चितवनका अर्जुन लोहनीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेडिकल कलेज सीतापाइलामा मृत्यु भएको हो । स्कुटर चालक प्रहरी नियन्त्रणमा छन् ।

त्यस्तै, काठमाडौंको शंखरापुर नगरपालिका–९ खुमलटारमा बा ५८ प ६५५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय दीपक केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार ८:१३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया