‘पुष्पा–२’ बनाउन नयाँ लेखकलाई समेट्दै निर्देशक सुकुमार

अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पा’ को सफलतापछि लेखक तथा निर्देशक सुकुमार फिल्मको सिक्वेललाई अझ हिट बनाउनका लागि प्रतिबद्ध भएर लागेका छन् । त्यसका लागि उनले एक योजना बनाएका छन् ।

सुकुमार तेलुगु फिल्ममा लोकतान्त्रिक फिल्म निर्माण गर्ने निर्माताका रूपमा चिनिन्छन् । त्यहीकारण उनले तेलुगु मात्र होइन, भारतका अन्य फिल्म उद्योगका युवाहरूलाई ‘पुष्पा २–द रुल’मा आबद्ध गराउने निर्णय लिएका छन् ।

उनले भारतभरका युवा लेखकबाट ‘पुष्पा–२’का लागि सिन्स, एपिसोड निर्माण गर्न सहयोगको आव्हान गर्ने योजनामा छन् । उनले युवाहरूको फाइनल ड्राफ्ट आफूलाई मन परेमा त्यसको उचित पारिश्रमिक पनि दिने बताएका छन् ।

‘यो एक अनौठो कथा हो र पटकथालाई उत्कृष्ट बनाउनका लागि मैले सटिक तरिका अपनाएको हुँ । जसकारण नयाँ लेखकसँग काम गर्ने अवसर पनि पाइन्छ । उनीहरुलाई राम्रो पारिश्रमिक दिने व्यवस्था गरेको छु’, उनले भनेका छन् ।

सन् २०२१ डिसेम्बर १७ मा रिलिज फिल्म ‘पुष्पा’ले बक्स अफिसमा १ सय ८ दशमलव २६ करोडको कमाइ गरेको थियो ।





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार ८:५८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया