बिहीबारदेखि साझा यातायातले तीनवटा विद्युतीय बस सञ्चालनमा ल्याएछ । जसमध्ये दुईवटा बसको रुट नयाँ बसपार्क, बालाजु, ठमेल, रत्नपार्क, सिंहदरबार बानेश्वर, मिनभवन हुँदै एयरपोर्ट रूटमा सञ्चालन हुनेछन् । एउटा बसले लगनखेल, लैनचौर, बाँसबारी हुँदै बुढानिलकण्ठ रुटमा एउटा बस सञ्चालनमा आउने छ ।
विद्युतीय साझा बसमा महिला चालक र सहचालक राखिने साझा यातायातका महेन्द्रराज पाण्डेयले जानकारी दिए । ती बसहरू चीनको नानजिंगस्थित सिएचटिसिएचओ कम्पनीबाट ल्याइएको हो ।
साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले परीक्षणको रूपमा हाल तीन वटा बस सञ्चालनमा ल्याए पनि ३७ थान २०७९ साउन मसान्तसम्म भित्रिने योजना रहेको बताए । हालको बस नौ मिटर लामो बस छ। पछि १२ मिटर लामो र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरू समेत ल्याउने साझाको योजना रहेको दीक्षितले बताए ।
‘हाल सञ्चालनमा आएका बसले २५ वटा सिटको सेवा दिन थालेको छ । बसमा वाइफाइ, टिभी डिस्प्ले, सिसी क्यामेरा लगायतका विशेषता पनि छन् । अपांगहरू चढ्न मिल्ने र्याम्पसहितको सुविधा पनि रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।