जनार्दन शर्मामाथि छानबिन
कसैलाई दोषी करार गरेर बदला लिनु छैन, संवैधानिक सर्वोच्चता कायम गरेर अनुसन्धान हुन्छ : खगराज अधिकारी

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिका सदस्य एवं नेकपा (एमाले)का सांसद खगराज अधिकारीले आफूहरुले संवैधानिक सर्वोच्चता कायम गरेर अनुसन्धान गर्ने बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले निवर्तमान अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा नियम, कानुनहरुको पालना नगर्नु अक्षम्य रहेको बताए । 

कानुन र संविधानभन्दा माथि व्यक्ति नहुने भन्दै उनले संविधानको सर्वोच्चतालाई कायम गरेर अनुसन्धान गर्ने बताए । आफूहरुलाई कसैलाई दोषी करार गरेर बदला लिनु नपरेको उल्लेख गर्दै अधिकारीले पूर्वाग्रह राखेर काम नगर्ने स्पष्ट पारे । 

त्यसैगरी संसदीय छानबिन समितिका सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले समितिको पहिलो बैठक बोलाउने काम संघीय संसद सचिवालयको भएको बताए । उनले सचिवालयले पहिलो बैठक बोलाएपछि संयोजक तोकेर र कार्यविधि बनाएर काम अगाडि बढाउने जानकारी दिए । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति बनाएको थियो । छानबिन समिति गठनपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा गरेका छन् । 





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार १८:५४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया