नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी राईलाई

नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईलाई दिइएको छ । राईसहित १७ जना गत साता डिआइजीमा बढुवा भएका थिए।

यसअघिका प्रवक्ता एसएसपी विष्णुकुमार केसीको सरुवा भएपछि राईलाई उक्त जिम्मेवारी दिइएको हो।

यसअघि मानव बेचविखन ब्युरोमा कार्यरत राई केही समयअघि मात्रै प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका थिए । त्यसअघि उनले ललितपुर परिसरको प्रमुखका रुपमा काम गरेका थिए। 





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार १९:१६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया