आजको मौसम : मधेश र प्रदेश-१ मा भारी वर्षाको सम्भावना
फाइल तस्बिर

आज पनि देशका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश–१, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको हो ।

राति धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश–१ र मधेशका एक/दुई स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत आँकलन गरिएको छ ।

शनिबार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । प्रदेश–१ र बाग्मती प्रदेशका एक/दुई स्थान साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आइतबार पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण गरिएको छ ।  





  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार ७:१०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया