जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि आक्रमण

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि आक्रमण भएको छ । 

जापानको सार्वजनिक प्रसारक एनएचकेको रिपोर्टअनुसार नारा सहरमा एक कार्यक्रममा भाषण दिइरहेका बेला उनीमाथि आक्रमण भएको हो ।

घटनास्थलमा एनएचके रिपोर्टरले गोली चलेको सुनेको र शिन्जो आबे रगतले लतपतिएको देखेका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

आबेले आफ्नो स्वास्थ्य अवस्था जटिल बन्दै गएको भन्दै १४ सेप्टेम्बर २०२० मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनी जापानमा सबैभन्दा लामो समय कार्यकारी पदमा रहने नेतामा पर्छन् । 

आबे सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए । सन् २०१२ मा दोस्रोपटक प्रधानमन्त्री बनेका उनी आठ वर्ष लगातार प्रधानमन्त्रीमा रहेका थिए । 





  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार ९:१०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया