जापानका पूर्वप्रधानमन्त्री सिन्जोमाथि गोली प्रहार, अवस्था गम्भीर
फरकधार / २४ असार, २०७९

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । नारा सहरमा आयोजित एउटा कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।



आबेको स्वास्थ्य अवस्था गम्भीर भएको बताइएको छ । जापानको समाचार संस्था एनएचकेका अनुसार भाषण गरिरहेका उनलाई पछाडिबाट गोली हानिएको थियो । गोली लागेपछि उनी ढलेका थिए । 

आबेको शरीर रक्ताम्मे देखिएको थियो । समाचार विवरणहरूका अनुसार उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ ।



जापानमा हाते बन्दुक प्रतिबन्धित छ । त्यहाँ यस प्रकारको घटनालाई एकदमै दुर्लभ मानिन्छ । टोक्योका पूर्वगभर्नर योइची मासुजोएले ट्विट गर्दै आबे मुटु र श्वासप्रश्वास नचलेको अवस्थामा भएको बताएका छन् । 



  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार ९:३९:५४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया