राेनाल्डाे युनाइटेडको प्रि–सिजन भ्रमणमा सहभागी नहुने

पाेर्चुगिज फरवार्ड क्रिस्टियानाे राेनाल्डाे इंग्लिस क्लब म्याचेस्टर युनाइटेडकाे प्रि–सिजन भ्रमणमा सहभागी नहुने भएका छन् । ​युनाइटेडले टोली प्रि–सिजनका लागि थाइल्याण्ड र अस्ट्रेलियाको भ्रमणमा जाँदै फरवार्ड रोनाल्डो सहभागी नहुने बताएको हाे ।

केही दिनअघि रोनाल्डोले क्लब छोड्न चाहेको र त्यसबारे क्लब व्यवस्थापनलाई जानकारी दिएको बताएका थिए । रोनाल्डो साेमबारबाट प्रशिक्षणमा सहभागी हुने बताइए पनि उनले पारिवारिक कारण आउन नसक्ने जनाएको क्लबले बताएको छ । 

‘क्रिस्टियानो रोनाल्डो प्रि-सिजनका लागि थाइल्याण्ड र अस्ट्रेलिया भ्रमणमा हामीसँग रहने छैनन्,’ क्लबका प्रवक्ताले भने, ‘उनी पारिवारिक कारण थप केही समय बिदामा रहनेछन् । ययद्यपि युनाइटेड र रोनाल्डोबीचको सम्झौता कायम छ र उनी नयाँ सिजनमा पनि हामीसँगै हुनेछन् ।'

युनाइटेडले थाइल्यान्डमा लिभरपुल तथा अस्ट्रेलियामा क्रिस्टल प्यालेस र एस्टन भिल्लाको सामना गर्नेछ ।





  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार ९:४४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया