पोखरामा ‘चैते-५’ धानको सफल परीक्षण

पोखरामा ‘चैते-५’ जातको धानको परीक्षण सफल भएको छ । परीक्षणका लागि पोखरा महानगरपालिकाले किसानलाई बीउ दिएर लगाइएको खेतीमा राम्रो उत्पादन भएको बताइएको छ ।

चैते-५ लगाएका किसानहरू सन्तुष्ट बनेका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । पोखरा १३ को आर्वा फाँटमा यसको परीक्षण गरिएको थियो ।

धानमा बाला राम्रो लागेकोले यो जातको धान लगाउने किसानहरू खुशी देखिएका आर्वाघारी कुलो उपभोक्ता समितिका अध्यक्ष देवराज पौडेलले बताए । ‘अरु जातभन्दा यसको उत्पादन राम्रो छ । बाला राम्रो लागेको छ,’ उनले भने, ‘चामलको स्वाद मिठो छ । त्यसैले यो धान किसानले प्रयोग गर्दा फाइदा बढी छ ।’

चैते धानको प्रवद्र्धन गर्न महानगरका ४ वटा क्लस्टरमा खेती गरिएको कडरियाले बताए । महानगरले किसानलाई अनुदान दिएको छ । हाते ट्याक्टर र त्रिपाल लगायतका सामग्री समेत सहयोग गरिएको उनले जानकारी दिए ।

‘यो धान अरुभन्दा दोब्बर फल्छ । धान मसिनो र खान पनि मिठो छ,’ उनले भने, ‘यसको प्रवर्द्धन गर्न सके पोखरामा आयात घट्दै जान्छ ।’ चैते ५ जातको धान १२० दिनमा पाक्ने विज्ञहरुले बताए । 





  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार १०:१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया