बाजुराको बूढीगंगामा मतगणना सुरु

बाजुराको बूढीगंगा नगरपालिकामा बिहिबार सम्पन्न भएको पालिका चुनावको मतगणना सुरु भएको छ । शुक्रबार बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने भनिए पनि ढिलाइ गरी सुरु भएको हो । शान्तिपूर्ण रुपमा मतगणना भइरहेको निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिए ।

बूढीगंगामा १३ हजार ६ सय ५९  जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो । बूढीगंगामा गएको वैशाख ३० गते नै पालिका चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विरोध भएपछि निर्वाचन आयोगले बिहिबार पुनः चुनाव गरेको हो । बूढीगंगाको मेयरमा कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिएका छन् । 





  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार १२:५२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया