ललितपुरमा २४ वर्षीया महिला बलात्कृत, दुई जना पक्राउ

ललितपुरमा एक जना २४ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका–४ इमाडोल सेतीपाखा डेरा गरी बस्ने सप्तरी कन्चनरुप नगरपालिका–१० घर भएका २५ वर्षीय मोआत हुसेन र मरोङ बढीगंगा गाउँपालिका–५ घर भएका ३५ वर्षीय इलिभास मिया रहेका छन् । 

उनीहरूले ती महिलालाई इमाडोल सेतीपाखास्थित आफ्नो डेरा कोठामा लगी आइतबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले दुवैजनालाई गोदावरी नगरपालिका–१ गोदामचौरबाट पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 





  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार १३:४५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया