आइसिसी टी-२० विश्वकपकाे ट्रफी नेपाल ल्याइने

अस्ट्रेलियामा यही वर्ष आयोजना हुने आइसिसी पुरुष टी-२० विश्वकपको ट्रफी नेपालमा ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले शुक्रबार प्रेस विज्ञप्तिबाट विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपाल ल्याइने जानकारी गराएको छो । 

आइसिसीले जनाए अनुसार विश्वकप ट्रफी भदौ १४ र १५ गते (अगस्ट ३० र ३१ ) मा काठमाडौंमा राखिनेछ ।  उक्त दिन समर्थकहरुले ट्रफी हेर्न र ट्रफीसँग तस्विर खिचाउन पाउने छन् । 

विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याउन लागिएको हो । यसअघि सन् २०१९ को एकदिवसीय विश्वकप ट्रफी नेपाल ल्याइएको थियो । विश्वकपको १०० दिने 'ट्रफी टुर' शुक्रबारबाट सुरु भएको छ । ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिनेछ । 

विश्वकपको ट्रफी निशान कम्पनिले विश्वभर प्रदर्शन गर्न लागेकाे हाे । अस्ट्रेलियाको मेलबर्नबाट सुरु भएकाे याे यात्रा अस्ट्रेलियाकै जिलङमा आएर समाप्त हुनेछ ।

अस्ट्रेलियाको सात सहरमा आयोजना हुने विश्वकप १६ अक्टोबर  देखि १३ नोभेम्बरसम्म हुनेछ । विश्वकपमा १६ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।





  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार १४:३४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया