मकवानपुरका उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण

निर्वाचन कानुन अनुसार निर्वाचन खर्चको विवरण पेस गर्नु पर्ने दायित्व भएको राजनीतिक दल वा उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र तोकिएको ढाँचामा आयोगले तोकेको कार्यालयमा निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने हुन्छ । तर मकवानपुरमा हालसम्म जम्मा आधा उम्मेदवारले पनि आफ्नो खर्च विवरण बुझाएका छैनन् ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा भाग लिएका मकवानपुरका १ हजार ९ सय ३१ जना उम्मेदवारमध्ये हालसम्म ३ सय २० जनाले अर्थात् १६.५ प्रतिशत उम्मेदवारहरूले मात्रै निर्वाचन मैदानमा होमिँदाको आफ्नो खर्च विवरण बुझाएका हुन् ।

जसमध्ये आकर्षणको केन्द्र बनेको हेटौंडा उपमहानगरपालिकाको मेयर पदको १८ जना उम्मेदवार मध्ये ६ जनाले मात्रै खर्च विवरण बुझाएको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय मकवानपुरले जनाएको छ । अन्य पालिकाका उम्मेदवारहरू जित हासिल गरेकाहरूले पनि आलटाल गरेर विवरण पेस गर्न रुचि नदेखाएको बताइएको छ । 





  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार १६:३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया