सिन्धुलीमा एमाले नेता कृपासुर सवार जिप दुर्घटना, घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो
फाइल तस्वीर

पूर्वमन्त्री एवं एमाले नेता कृपासुर शेर्पा सवार जिप दुर्घटनामा परेको छ । 

सिन्धुलीको कमलामाई नगरपालिका–१४ मा बा २ च ९००३ नम्बर जिप दुर्घटना हुँदा शेर्पासहित चार जना घाइते भएका छन् । 

दुर्घटनामा उनीसहित आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ, केन्द्रीय उपमहासचिव देवराज राई र गणेश थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी विमलराज कँडेलले जानकारी दिए । 

उनीहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । उनीहरू आदिवासी जनजाति महासंघ प्रदेश- १ को बैठकमा जाँदै गर्दा जिप दुर्घटनामा परेको हो । तीव्र गतिका कारण जिप दुर्घटना भएको बताइएको छ ।





  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार १७:४१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया