जनार्दन शर्माको सचिवालयले भन्यो - बजेटले भारततर्फ सिमेन्ट निर्यात बढ्यो

पूर्व अर्थमन्त्री जनार्दन शर्माको सचिवालयले बजेट कार्यक्रमले सिमेन्ट निर्यात बढेको जनाएको छ । 

जनार्दन शर्माको सचिवालयले चलाउने फेसबुक पेजमा भनिएको छ, ‘बजेट २०७९/८० ले सिमेन्ट निर्यातको ढोका उघारेपछि तानसेन सिमेन्टले भारततर्फ निर्यात थालेको छ । र, बिस्तारै अन्य सिमेन्ट उद्योगले पनि निर्यात गर्ने प्रतिबद्धता जनाएका छन् ।’ 

अनाधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्दै प्रतिपक्षी दलको विरोधपछि शर्माले बुधबार अर्थमन्त्रीबाट राजीनामा दिएका छन् । उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समितिसमेत गठन भएको छ । 

जनार्दनमाथि अनाधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सिसिटिभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि आरोप लागेको छ ।





  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार १८:३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया