बाजुराको बूढीगंगा नगरपालिकाको मतगणना जारी छ । अहिलेसम्म ८ सय मतगणना सकिएको बूढीगंगाको निर्वाचन अधिकृतको कार्यालयका कम्प्युटर अपरेटरले जानकारी दिए ।
अहिले वडा नं १ र १० को मतगणना भइरहेको छ । ८ सय मतको गणना सकिएकोमा एमालेले मेयरमा ४०३ मत ल्याउँदै एमालेमा रामबहादुर बानियाँले अग्रता कायम राखेका छन् ।
यस्तै, नेपाली कांग्रेसका कांग्रेस रंगबहादुर खातीले ३५३ मतका साथ एमालेका उम्मेदवारलाई पछ्याइरहेका छन् । यस्तै, उपमेयरमा एमालेकी माया कुमारी कुवँरले ४०२ मत प्राप्त गरेकी छन् भने भने कांग्रेसकी रिता शाहीले ३५७ मत पाएकी छिन् ।
त्यस्तै, वडा नं. १० को वडा अध्यक्षका उम्मेदवारहरू मध्ये एमालेका उम्मेदवारले १ सय ९९ र नेपाली कांग्रेसका उम्मेदवारले १ सय ७६ मत प्राप्त गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।