बूढीगंगाको मेयरमा एमालेको अग्रता कायमै, कांग्रेसका उम्मेदवार ६ सय मतले पछाडि

बाजुराको बूढीगंगा नगरपालिकाको मेयरमा नेकपा एमालेले अग्रता कायमै राखेको छ । मेयरमा एमालेको तर्फबाट मेयरका प्रत्यासी रहेका रामबहादुर बानियाँले १ हजार ५९२ मतका साथ अग्रता कायमै राखेका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले ९९० मत प्राप्त गरेका छन् । उनी एमालेका बानियाँभन्दा ६०२ मतले पछाडि छन् । अहिलेसम्म २ हजार ७४० मत गणना भएको छ ।

त्यस्तै, उपप्रमुखतर्फ पनि एमालेकै उम्मेदवारले अग्रता लिएका छन् । उपप्रमुखमा मायाकुमारी खड्का (कुवँर) ले १ हजार ५५७ मतका साथ अग्रता लिएकी हुन् ।

उनकी निटकतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार रिता शाहीले १ हजार १० मत प्राप्त गरेकी छन् । बूढीगंगामा कूल १३ हजार ६ सय ५९ मतदाता छन् । जसमध्ये ६६.७५ प्रतिशत अर्थात् ९ हजार १ सय २८ जना मतदानमा सहभागी भएका थिए ।  

३० वैशाखमा भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो । 
 





  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार ७:१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया