छातीमा समस्या देखिएपछि अभिनेता विक्रम अस्पताल भर्ना
फरकधार / २५ असार, २०७९

हृदयघातको आशंकापछि साउथ अभिनेता चियान विक्रम अस्पताल भर्ना भएका छन् । उनको छातीमा समस्या देखिएपछि चेन्नईको कावेरी अस्पतालमा भर्ना गरिएको हो ।

उनको स्वास्थ्यका बारेमा अनेक अड्कलबाजी गरिएको छ । यद्यपि उनलाई के भएको हो भन्ने बारेमा डाक्टर, अस्पताल वा विक्रमको टिमको तर्फबाट आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन ।

केहीले उनलाई केही दिनदेखि ज्वरो र छातीमा दुखाइ भइरहेको दाबी गरेका छन् । उनी निकटका अनुसार विक्रमको स्वास्थ्य अवस्था स्थिर छ र उनलाई निगरानीमा राखिएको छ । 





  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार ७:८:१३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया