बेलायत नेपालको महत्वपूर्ण विकास साझेदार देश हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायत नेपालको एउटा महत्वपूर्ण विकास साझेदार भएको बताएका छन् । नेपाल पत्रकार महासंघ युकेको स्थापनाको दश वर्ष पूरा भएको अवसरमा एक सन्देश दिँदै उनले दुई मुलुकसँग २ सयभन्दा बढी लामो ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरेका हुन् । 

देउवाले ठूलो संख्यामा रहेका भूतपूर्व गोर्खा सैनिकका समस्या तथा मागहरू सम्बन्धित क्षेत्रसम्म पुर्‍याउन बेलायतस्थित नेपाली सञ्चारकर्मीहरुले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे ।  

देउवाले आइतबार हुने विषेश समारोहको सफलताको लागि शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि बेलायतमा कार्यरत पत्रकारले नेपाल–बेलायत सम्बन्ध मजबुद पार्न रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास लिएका छन् ।  

उनले सन् १९९० पछि नेपालीहरू संसारभर पुगेका प्रवासी नेपाली समुदायले नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न सक्दो प्रयास गरिरहेको बताए ।

देउवाले प्रवासबाट सञ्चालित नेपाली सञ्चार माध्यमहरूले गैर आवासीय नेपालीलाई नेपालसँग जोड्नुका साथै स्थानीय नेपाली समुदायका समस्याहरू पहिल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरेका छन् ।   





  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार ९:१:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया