विद्युत् नहुँदा माकुराको घर बन्दै विद्यालयका कम्प्युटर

मुगुको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिकामा रहेको एक विद्यालयमा विद्युत् नहुँदा कम्प्युटर प्रयोगविहीन हुँदा माकुराको घर बनेका छन् ।

सात वर्षअघि सरकार सञ्चार तथा प्रविधि मन्त्रालय र नेपाल दूर सञ्चार प्राधिकरणको सहयोगमा खत्याड गाँउपालिका–१० मा रहेको महादेव माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कम्प्युटर शिक्षासँगै इन्टरनेट सेवा दिने उद्देश्यका साथ साथ २४ वटा कम्प्युटर, चार वटा सिसीक्यामरा र इन्टरनेट सेवा सहयोग गरिएको थियो । तर, विद्यालयमा विद्युत् नहुँदा जडान गरिएका कम्प्युटर, सिसीक्यामरा र इन्टरनेट मेसिनमा माकुराले जालो लगाएका छन् । 

सात वर्ष पहिला विद्यालयमा वैकल्पिक सौर्य ऊर्जाबाट विद्यालयलाई सौर्य पातासहितको विद्युत् सहयोग गरिएको थियो । सोहीअनुरूप सञ्चार तथा प्रविधि मन्त्रालय र दूर सञ्चार प्राधिकरणबाट कम्प्युटर, सिसी क्यामरालगायतका विद्युतीय उपकरण माग गर्दा उपलब्ध भएको थियो । तर, विद्युत् सेवाको सहज पुहँच नहुँदा लाखौँ मूल्यका कम्प्युटर र अन्य सामग्री प्रयोगविहीन भएको विद्यालयले जनाएको छ ।

विद्यालयमा कक्षा ६, ७, ८ सम्म कम्प्युटर शिक्षा विषय पढाइ हुने भएकोमा विद्यार्थीलाई प्रयोगात्मक कक्षा सञ्चालन नगरी थन्काइएको छ ।

‘गाउँको सिंहदरबार खत्याड गाउँपालिकामा विद्युत् व्यवस्थापनका लागि उचित बजेटको प्रबन्ध मिलाउन गाउँपालिकासँग आग्रह गरेका थियौँ । तर, गाउँपालिकाले कुनै पनि सुनुवाइ गरेन ।  विद्यालयमा आर्थिक स्रोत पनि नभएकोले कम्प्युटर प्रयोगविहीन बनेका छन्,’ विद्यालयका प्राधानाध्यापक चन्द्र बहादुर रोकायाले भने ।

लामो समयसम्म प्रयोगविहीन हुँदा केही कम्प्युटर बिग्रिएका छन् ।  





  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार ९:१०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया