कांग्रेसलाई हराउँदै बूढीगंगा-१० को वडाध्यक्षमा एमालेका साउँद विजयी

बाजुराको बूढीगंगा नगरपालिका–१० को वडाध्यक्षमा नेकपा एमालेका दलबहादुर साउँद निर्वाचित भएका छन् । उनी का‌ग्रेसका उम्मेदवार मोहनबहादुर बुढालाई हराउँदै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।  
 
विजयी साउँदले ५ सय ४८ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका बुढाले ४ सय ८१ मत प्राप्त गरे । त्यस्तै, वडा नमबर ९ को वडाध्यक्षमा पनि एमालेका मीनबहादुर सिंह विजयी भएका छन् । उनी ४९२ मतका साथ वडाध्यक्षमा विजयी भए । 

सिंहका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा समाजवादीका उम्मेदवार भरत थापाले २९३ मत प्राप्त गरे ।  





  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार ९:३९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया