बूढीगंगा–२ को वडाध्यक्षमा पनि एमाले विजयी, मेयरमा पनि एमालेकै उम्मेदवारको फराकिलो अग्रता

बाजुराको बूढीगंगा नगरपालिका–२ को वडाध्यक्षमा पनि नेकपा एमालेका पदमबहादुर भण्डारी विजयी भएका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार नरबहादुर थापालाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् । 

विजयी भण्डारीले ८ सय ३८ र पराजित थापाले २ सय ३५ मत ल्याए । सोही वडाबाट एमालेका मेयरका उम्मेदवार रामबहादुर बानियाँले ८ सय ५१ र कांग्रेसका रंगबहादुर खातीले २ सय २९ प्राप्त गरे ।

त्यस्तै, एमाले उपमेयरले ८ सय ५८ र कांग्रेस उपमेयर प्रत्यासीले २ सय १३ मत ल्याए । १४ सय ४३ मतदाता रहेको यो वडामा ११ सय १९ मत खसेको थियो । अहिले वडा नम्बर ३ र ८ को गणना भइरहेको छ । बूढीगंगा नगरपालिका–१, २, ९ र १० को गणना सम्पन्न भएको छ ।  

अहिलेसम्म ३९ सय ६२ मतगणना सकिँदा मेयरमा एमालेमा बानियाँ २४४३ साथ अग्रस्थानमा छन् । उनलाई कांग्रेसका खातीले १२९१ मतका साथ  पच्छ्याइरहेका छन् । 

उपप्रमुखमा पनि एमालेकै उम्मेदवार मायाकुमारी कुवँरले २४१७ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेकी कांग्रेसकी रिता शाहीले १३१२ मत प्राप्त गरेकी छन् । 

बूढीगंगामा १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीका अनुसार कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात् ९ हजार १ सय २८ मत खसेको छ ।



गत ३० वैशाखमा भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो । 



  • प्रकाशित मिति : असार २५, २०७९ शनिबार ११:१०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया